नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु

१८ असार, काठमडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि एमालेको यो पहिलो बैठक हो ।

तर आजको बैठकमा पनि बरिष्ठ नेता माधवकुमार नेपाल समूह अनुपस्थित भएको छ । उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागी छन् ।

माधव नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बैठक अगाडि बालुवाटारमा पुगेका थिए ।

अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर उनीहरु निस्किएका छन् । माधव समूहले यो बैठक रोक्न आग्रह गरेको थियो ।

१८ असार २०७८, शुक्रवार १३:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु