त्रिविद्धारा सूचना प्रविधितर्फ ७७ कर्मचारीका लागि दरखास्त आह्वान

१८ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सेवा आयोगको कार्यालयले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

त्रिविका विभिन्न निकायका लागि प्रशासन सेवा अन्तर्गत प्राविधिक समूहका पदहरुमा दरखास्त खुलाइएको हो ।

यसअन्तर्गत सूचना प्रविधितर्फ प्राविधिक अधिकृत १० जना र र मुख्य प्राविधिक सहायक ६७ गरी कूल ७७ दरबन्दी संख्यामा दरखास्त आह्वान गरिएको छ ।

२१ वर्ष पूरा भई ४० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन् ।

इच्छुकले साउन ४ गते (दोब्बर दस्तुर तिरेर साउन ९ गते) सम्ममा दरखास्त दिन सक्नेछन् ।

इच्छुकले यो वेबसाइटमा गई त्यहाँ रहेको अनलाइन एप्लिकेसनमार्फत दरखास्त दिन सक्नेछन् ।

१८ असार २०७८, शुक्रवार १३:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु