एमाले स्थायी कमिटीमा थपिए आठ जना नेता

नेकपा एमालेमा एमालेको स्थायी कमिटीमा आठ जना थप गरेको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गर्दै स्थायी कमिटी विस्तार गरेको एक नेताले जानकारी दिए।
नेकपा एमालेले ८ जनालाई स्थायी कमिटीमा थप गर्दै १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरेको छ।
जसमा पूर्वमाओवादीका ४ नेता र एमालेकै ४ नेता समेटिएका छन्। यी ८ जना नै तत्कालीन नेकपाका स्थायी कमिटी सदस्य थिए।
माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका रामबहादुर थापासहित टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरिएको छ।
रघुवीर महासेठ, विष्णु रिमाल, रघुजी पन्त र वेदुराम भुसाललाई स्थायी कमिटी सदस्य बनाइएको छ।
यसैबीच, बैठकले माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाक्री, कलिला खातुन, पुष्पाकुमारी कर्ण, निरादेवी जैरू, सरला यादव, कल्याणी खड्कासहित ११ नेतामाथि गरेको कारबाही पनि फिर्ता लिएको छ।
आयोजक कमिटी निर्माण गरेसँगै नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पार्टीका पदाधिकारीहरुलाई पुनर्स्थापित गरिएको छ।
१६ असार २०७८, बुधवार १५:११ बजे प्रकाशित