एमालेले झलनाथ खनालको उपचार खर्च व्यहोर्ने

१६ असार, काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च व्यहोर्ने भएको छ ।

राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले खनालको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा लाग्ने सम्पूर्ण खर्च पार्टीले व्यहोर्ने जानकारी गराएका हुन् ।

मृगौलासम्बन्धी समस्या देखिएपछि वरिष्ठ नेता खनाल हाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका छन् ।

१६ असार २०७८, बुधवार १४:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु