कांग्रेसका तीन नेताको भेटवार्ता सकियो, केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने निर्णय

१५ असार, काठमाडौं। नेपाली कांग्रेसका नेताहरु विमलेन्द्र निधि, शशाङ्क कोइराला र प्रकाशमान सिंह तेस्रो चरणको छलफलले केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने निर्णय गरेको छ।
आज पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
यसअघि उनीहरुले नीधि र कोइराला निवासमा छलफल गरेका थिए।
कोइराला निवासमा भएको छलफलपछि उनीहरुले आफूहरु एकमत साथ अघि बढ्ने तयारी भएको बताएका थिए।
१५ असार २०७८, मंगलवार १६:४४ बजे प्रकाशित