यी हुन संसद विघटन विरुद्ध बहस गर्ने ३६ कानुन व्यावसायीहरु
१३ असार, काठमाडौं । संबैधानिक इजलासमा संसद विघटन विरुद्ध परेका मुद्दामा रिट निवेदक पक्ष तर्फको बहस आजबाट सकिएको छ । असार ९ गतेदेखि सुरु भएको रिट निवेदक शेरबहादुर देउवासहित १४६ सांसदको तर्फको बहस आइतबार सकिएको हो ।
चार दिनको बहसमा ३६ जना कानुन व्यवसायीले बहस गरेका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इजलासले संसद विघटन मुद्दाको पक्ष र विपक्ष दुबै पक्षलाई १५/१५ घण्टा बहसको समय तोकिदिएको थियो ।
रिट निवेदक पक्षले पाएको १५ घण्टामध्ये १२ घण्टा सकिएको छ । ३ घण्टा समय भने रिट निवेदकको विपक्षीले बहस गरेपछि जवाफ बहसका लागि छुट्याइएको छ ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षमा क-कसले कति गते बहस गरे हेर्नुहोस नामावली :
९ गते बहस गर्नेहरु
वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, बद्रीबहादुर कार्की र महादेवप्रसाद यादव
अधिवक्ताद्वय गोविन्द बन्दी र खम्बबहादुर खाती
१० गते बहस गर्नेहरु
वरिष्ठ अधिवक्ताहरु रमण श्रेष्ठ, हरिहर दाहाल, मिथिलेस कुमार सिंह, हरि प्रसाद उप्रेती, गान्धी पण्डित, बोर्णबहादुर कार्की, प्रेमबहादुर खड्का र श्रीहरी अर्याल ।
अधिवक्ता खगेन्द्र अधिकारी ।
११ गते बहस गर्नेहरु
वरिष्ठ अधिवक्ताहरु श्रीहरी अर्याल, मुक्ति प्रधान
अधिवक्ताहरु दिनमणी पोखरेल, सुनिल पोखरेल, टिकाराम भट्टराई, गोपालकृष्ण घिमिरे
१३ गते बहस गर्नेहरु
बरिष्ठ अधिवक्ता सबिता भण्डारी, बाबुराजा जोशी, बाबुराम कुँवर, शतिषकृष्ण खरेल, नरहरि आचार्य, उमेश गौतम, यदुनाथ खनाल, चन्द्रकान्त ज्ञवाली, कृष्णप्रसाद भण्डारी ।
अधिवक्ताहरु पदम रोका, भिमार्जुन आचार्य, शंकर सुवेदी, सिताराम अधिकारी, एजराज पोखरेल, योगेन्द्र अधिकारी, ललित वस्नेत ।
१३ असार २०७८, आइतवार २०:३३ बजे प्रकाशित