देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश अनिवार्य छ : अधिवक्ता खरेल

१३ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले वरिष्ठ अधिवक्ता खरेलले ‘राष्ट्रपति र प्रधानमन्त्रीको व्यवहारका कारण पनि देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश अनिवार्य हुनुपर्ने बताएका छन् ।
संसद विघटनसम्बन्धी मुद्दामा आइतबार सर्वोच्च अदालतको संवैधनिक इजलासमा बहस गर्दै उनले देउवाले बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष दावी गरेकाले उनलाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्ने बताएका हुन् ।
धारा ७६ (५) अनुसारको सरकार गठनमा राष्ट्रपतिले आफ्नो संवैधानिक दायित्व पूरा गरेको नदेखिएको भन्दै उनले राष्ट्रपतिले पनि आफूलाई सुधार गर्नुपर्ने बताए ।
गत मंसिरमा प्रतिनिधिसभाको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका तत्कालिन नेकपा सांसदहरु भीम रावल र पम्फा भुसाल ६/६ घण्टा राष्ट्रपति कार्यालयमा कुर्दासमेत निवेदन दर्ता नभएको वरिष्ठ अधिवक्ता खरेलले स्मरण गरे ।
‘विशेष अधिवेशन माग गर्न साम्सद जादा ६/६ घण्टा दर्ता नहुने, केपी ओलीको निर्णय राति नै सदर कसरी हुन्छ ? यहाँ त तिमी भन म गर्छु भने जस्तो भयो’ उनले भने ।
सांसदहरुले ह्वीप उल्लंघन गरेर दिएका मतको पनि मान्यता हुने भन्दै उनले भने ‘ह्वीप उल्लंघन गरेर दिएको भोटको मान्यता हुँदैन भनेर विश्वका कुनै पनि संविधानले भनेको छैन । ह्वीप उल्लंघन गरेर दिएको भोटले मान्यता पाएका पर्याप्त उदाहरण छन्’ उनले भने ।
विघटनसम्बन्धी मुद्दामा प्रतिनिधिसभा पुनर्स्थापना गरेर मात्र नपुग्ने भन्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्ने बताएका छन् ।
‘आदेश जारी गर्दा प्रतिनिधि सभा पुनर्स्थापना गरेर बाँकी संसदमै हुन्छ भनेर हुदैन । अहिलेसम्म बहुमत कायम राखेका देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्छ र यो अनिवार्य छ । किनभने ओलीले पटक पटक सम्वैधानिक दायरा नाघिसक्नुभएको छ’ उनले भने ।
१३ असार २०७८, आइतवार १४:२७ बजे प्रकाशित