एमाले स्थायी कमिटी बैठक सुरु

नेकपा (एमाले)को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुन लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए। “पछिल्लो राजनीतिक घटना र पार्टीको आन्तरिक जीवनबारे छलफल हुन लागेको छ,” तामाङले भने।

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि २० जना मन्त्रीले कामकाज गर्न पाएका छैनन्। अहिले मन्त्रिपरिषद्मा पाँच जनामात्रै छन्। त्यस विषयमा पनि स्थायी कमिटी बैठकमा छलफल हुने जनाएको छ।

यससँगै पार्टी एकताका विषय मुख्य एजेन्डा रहेको जनाएको छ। माधवकुमार नेपाल पक्षसँग कसरी अघि अघि बढ्ने भन्ने विषयमा छलफल हुने उनले बताए।

यसअघि एमाले स्थायी कमिटी बैठक पटकपटक स्थगित हुँदै आएको थियो।

१३ असार २०७८, आइतवार ११:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु