केपी ओलीको बदनियतले हद नाघ्यो श्रीमान : वरिष्ठ अधिवक्ता श्रीहरी आर्याल

११ असार, काठमाडौं । आज संवैधानिक इजलासमा संसद विघटनविरुद्धको रिटमथि बहस गर्दै वरिष्ठ अधिवक्ता श्रीहरी आर्यालले बदनियतको पनि हद हुन्छ नी । अध्यादेश मार्फत संबैधानिक निकायमा नियुक्ति सिफारिस गरेर संसदीय सुनुवाइ बिनै सपथ खुवाइयो । संविधान कहाँ गयो ? भनि प्रश्न गरेका छन् ।
अधिवक्ता आर्याल भन्छन् – ‘मन्त्री परिसद बिस्तारमा पनि मनपरि । काम चलाउ भएपछी बहुमत पाएर नया सरकार चलाउन सुरु गरे जस्तो । सर्बोच्चले रोकेपछी अहिले आएर ५ जनाले कसरी चलाउनु रे ।
अझ संविधानको पालना गर्दै अगाडि बढेको रे । संविधान मान्न प्रतिनिधि सभा विघटन गरेर राष्ट्रिय सभाको अधिवेशन बोलाएको रे । सबैतिर सबै कोणबाट बदनियत राखेर शासन चलाइरहेका कार्यकारी विरुद्ध आएको निवेदन हो यो । ७६ (५) को ब्याख्या त भैहाल्छ ।
व्याख्या गरेर मात्रै भएन, रास्ट्रपतिबाट समेत संविधानको उलंघन हुने गरि भएको निर्णय बदरको आदेश जारी होस ।’ उनले माग गरेका छन् ।
११ असार २०७८, शुक्रवार १२:१९ बजे प्रकाशित