शेर बहादुर देउवाका कानुन ब्याबसायीको प्रश्न -राष्ट्रपति हिटलर बन्न खोज्या हो ?

के श्री ५ भन्दा पनि माथी महाराज बन्न खोज्या हो ?
बिगतमा राजालाई नभएको अधिकार अहिले छ भन्ने ? राजाले गरेको कार्यमा प्रश्न उठाउन नपाइने ब्यबस्था अन्तरिम संविधानबाट हटाएको होइन ? अहिले कहाँ छ रास्ट्रपतिले गरेको संविधान बिपरितको कार्यमा प्रश्न उठाउन नपाइने भन्ने ?
बास्तवमा हिटलर त्यसै जन्मिने रहेनछ । यस्तै यस्तै गरेर । अध्यादेशबाट शासन चलाउन खोजिराखिएको छ ।
सर्बसत्ताबाद भन्या यहि हो ।रुक्माङ्गद कटुवालाई मन्त्रिपरिषद्ले कारवाही गर्दा तत्कालिन राष्ट्रपति रामवरण यादवले सच्याएका थिए ।
तर, अहिले मन्त्रिपरिषद्को गलत निर्णय सच्याइएन् । हामिले राजा ज्ञानेन्द्रलाई हटाएर यो ब्यवस्था ल्याएको होइन् ?
मैले भने नी हिटलर त्यसै जन्मिने होइन् । उच्च ओहदामा बसेकाहरुको यस्तै ब्यवहारले हिटलर जन्मिने हो ।
१० असार २०७८, बिहीवार १२:४९ बजे प्रकाशित