७६ (५) संसद जोगाउने साम्सदरुको ब्रम्हास्त्र हो : रमण श्रेष्ठ

१० असार, काठमाडौं । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संविधानको धारा ७६(५) सरकार दिएर संसद जोगाउने ब्रह्मास्त्र भएको बताएका छन् ।

संसद विघटन खारेज र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दायर रिटमा संवैधानिक इजलासमा सुरु भएको बहसमा श्रेष्ठले ७६(५) अनुसार सांसदहरुले स्वतन्त्र रुपमा सरकार बनाएर संसद जोगाउन सक्ने बताए ।

उनले भने, ‘७६ (५) सांसदहरुलाई दिएको ब्रह्मास्त्र हो । जहाँ सांसदहरुले स्वतन्त्र रुपमा सरकार बनाएर संसद जोगाउन सक्छ । यसैका लागि ७६ (५) राखिएको हो ।’ यसमा दलको समर्थन चाहिने, अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्न नपाउने भन्ने तर्क गलत भएको उनले बताए ।

राष्ट्रपतिको लिखित जवाफमा अमूक व्यक्तिलाई प्रधानमन्त्री नियुक्ति गर्न भनेर परमादेश हुन सक्दैन भन्ने जिकीर गरिएको भन्दै उनले खण्डन गरेका छन् ।

‘अघिल्लो पटक प्रधानमन्त्रीको विशेषाधिकारको विषयमा व्यापक बहस भयो । संविधानमा नलेखेका जति सबै अधिकार प्रधानमन्त्रीलाई हुन्छ भनियो,’ उनले भने, ‘अहिले रास्ट्रपतिको अधिकारको कुरा गरिएको छ । तर ७६(५) सांसदहरुले अन्तिमम सम्म पनि सरकार दिएर संसद जोगाउने ब्रह्मास्त्र हो ।’

१० असार २०७८, बिहीवार १२:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु