‘अब केपी ओलीले राजनीतिबाट सदाका लागि सन्यास लिए हुन्छ’

८ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधानको शक्ति के हो ? भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले थाहा पाएको बताएका छन् ।

पछिल्लो दुई पटकको मन्त्रिपरिषद विस्तार बदरको माग गर्दै सर्वोच्चमा मुद्धा हालेका वरिष्ठ अधिवक्ता त्रिपाठीले आफुले माग गरे अनुसार आदेश आएपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

यी हुन बाँकी रहेका ओली सरकारमा ४ मन्त्री

‘सर्वोच्चको आदशले प्रत्रधानमन्त्रीको अधिनायकपन, अहंकार र घमण्डमा धक्का दियो । उनको दुषित मानसिकता चकनाचुर बनायो । सारमा भन्दा संविधानको शक्ति के हो केपी ओलीले थाहा पाए ।’ सर्वोच्चबाट संविधान बाचेको संदेश गएको उनी बताउँछन् ।

‘देशभर यहि संदेश गएको छ, संविधान बाच्यो । केपी ओलीले यो मुलुकमा संविधान छ भन्ने हेक्का राख्नुभएको थिए । सर्वोच्चले त्यो हेक्का गराइदिएको छ’ ज्ञिपाठी थप्छन्, ‘सर्वोच्च अदालतले आज आफ्नो सर्वोच्चता र संविधानको सर्वोच्चता स्थापित गरेको छ ।’

‘अब केपी ओलीले राजनीतिबाट सदाका लागि सन्यास लिए हुन्छ’

वरिष्ठ अधिवक्ता त्रिपाठीले अब राजनीतिबाट सदाका लागि सन्यास लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

‘अब केपी ओलीले आजिवन राजनीति नगर्ने भनी सन्यास लिए हुन्छ । उहाँको उपस्थितिले लोकतन्त्र संविधानमाथि खतरा पर्ने रहेछ । त्यसकारण उहाँले राजनीतिबाट सदाका लागि सन्यास लिए हुन्छ ।’

ओलीको भ्याकेट निवेदन : दुवै पक्ष झिकाउन सर्वोच्चको आदेश

८ असार २०७८, मंगलवार १७:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु