यी हुन पदमुक्त भएका २१ मन्त्रीहरु (नामावलीसहित)

८ असार, काठमाडौं । सर्वोच्च अदालतले पछिल्लो दुई पटकको मन्त्रिपरिषद विस्तारलाई बदर गरेसंगै मन्त्रिपरिषद सदस्य ५ सदस्यीय भएको छ ।
जसमा विष्णु पौडेल उपप्रधानमन्त्री पद भने कायमै छ । पौडेलसंगै कानुन मन्त्री लिलानाथ श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङको पद कायमै रहेको छ ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २१ मन्त्री पदमुक्त हुने आदेश दिएको हो ।
जेठ ७ गते संसद विघटन गरिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते एक जना उपप्रधानमन्त्री र १० जना मन्त्री हटाएर उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री गरी २१ जना थप गरेका थिए ।
भएका २१ मन्त्रीहरुमा, रघुबीर महासेठ, राजेन्द्र महतो, खगराज अधिकारी, शरतसिंह भण्डारी , अनिलकुमार झा, शेरबहादुर तामाङ, श्री राजकिशोर यादव उद्योग, लक्ष्मणलाल कर्ण, नैनकला थापा, ज्वालाकुमारी साह, बिमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, एकवाल मियाँ, गणेशकुमार पहाडी, मोहन बानिया छन् ।
यस्तै, राज्यमन्त्रीहरु चन्द्रकान्त चौधरी र रेणुका गुरूङ र आशाकुमारी वि.कको पनि पद गएको छ ।
८ असार २०७८, मंगलवार १७:०५ बजे प्रकाशित