अर्कै पार्टीमा लागेका नेताहरुलाई कारबाही गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आकस्मिक बैठक बसेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बिहान बसेको बैठकले निर्वाचन आयोगसँग सम्बन्धित निर्णय गरेको छ ।

आजको बैठकले माओवादी केन्द्रबाट चुनाव जितेर अर्कै पार्टीमा लागेका नेताहरुलाई कारबाही गर्ने निर्णय गरेको छ ।

एक नेताका अनुसार माओवादी केन्द्रले हालसम्म स्थानीय तहका १८ सहित केन्द्रीय समितिका केही नेताहरुले पार्टी छोडेको भन्दै कारबाही गर्ने निर्णय गरेको हो ।

बैठक भर्चुअल माध्यमबाट संचालन गरिएको थियो ।

७ असार २०७८, सोमवार १२:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु