आज बढ्यो सुनचाँदीको मूल्य
७ असार, काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँमा किचबेच भइरहेको छ ।
आइतबार छापावाला सुन प्रतितोला ९० हजार र तेजाबी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यस्तै चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। चाँदी तोलामा ५ रुपैयाँले वृद्धि भएको हो ।
७ असार २०७८, सोमवार १२:०८ बजे प्रकाशित





