जसपा सशरिर निर्वाचन आयोगमा उपस्थित हुने भट्टराई-उपेन्द्र पक्षको निर्णय

जनता समाजवादी पार्टी (जसपा) को बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष आधिकारिकता दावी गर्दै पुन: निर्वाचन आयोग जाने भएको छ।
आज बसेको जसपा कार्यकारिणी समिति बैठकले बहुमत सदस्यसहित सशरिर निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको नेता इस्तियाक राईले बताए।
जसपाका दुई अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरले एकले अर्कालाई कारबाही गर्दै पार्टीबाट निष्काशन गरेको पत्र निर्वाचन आयोगलाई पठाएका थिए। तर आयोगले त्यसलाई अस्वीकार गरेको थियो।
आयोगको निर्णयविरुद्ध बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षले राजनीतिक र कानुनी लडाइँ लड्ने बताएको थियो।
जसपाले लुम्बिनी प्रदेशका जसपाका ४ सांसदलाई पार्टीको अनुशासन विपरित भएको भन्दै कारबाही गर्ने निर्णय गरेको छ।
ढुंगा गिटी निकासी गर्ने निर्णयलाई फिर्ता लिनसमेत सरकारलाई बैठकले आग्रह गरेको छ। यस्तै जसपाले पार्टीको तर्फबाट चुरे संरक्षण समिति बनाउने भएको छ।
३ असार २०७८, बिहीवार १८:१३ बजे प्रकाशित