माधव समूहले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक
३ असार, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् । उनले आफू निकट स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठक बोलाएका हुन् ।
बैठक केहीबेरमा सुरु हुँदैछ । वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना, देशभर भइरहेको बाढी पहिरोको प्रकोप लगायतबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।
३ असार २०७८, बिहीवार १३:३० बजे प्रकाशित





