निर्वाचन आयोगले तटस्थ भूमिका निर्वाह गर्न नसकेको उपेन्‍द्र यादव पक्षको निष्कर्ष

१ असार, काठमाडौँ । जनता समाजवादी पार्टी उपेन्‍द्र यादव पक्षले, नेपालले निर्वाचन आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह हुन नसकेको निष्कर्ष निकालेको छ ।

आज विज्ञप्‍ति जारी गर्दै अध्यक्ष उपेन्‍द्र यादवले आयोगको भूमिकामाथि प्रश्न गरेका छन् ।

ठाकुरलगायतलाई कारबाही गरिएकोबारे जानकारीसहित पार्टीको दल दर्ता किताबमा अद्यावधिक गर्न पठाइएकोमा त्यसलाई निर्वाचन आयोगको जेठ ३० को बैठकले अस्वीकार गरेकोमा गम्भीर ध्यानाकर्षण भएको विज्ञप्‍तिमा उल्‍लेख छ ।

१ असार २०७८, मंगलवार १४:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु