बामदेव गौतम र विष्णु पौडेलबीच भैंसेपाटीमा भेटवार्ता

३१ जेठ, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेमा देखिएको पछिल्लो विवाद र फुट रोक्नका लागि दोस्रो तहका नेताहरुको सक्रियता जारी नै छ । यही क्रममा उपप्रधानमन्त्रीसमेत रहेका विष्णु पौडेल नेता वामदेव गौतमलाई भेट्न पुगेका छन्।
माधव नेपाल र झलनाथ खनालसहितको स्थायी कमिटि बोलाउने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तयारी गरिरहंदा यसको पूर्वसन्ध्यामा पौडेलले नेता गौतमलाई भेटेका हुन्।
वामदेव निवास भैंसेपाटीमा पुगेर पौडेलले नेता गौतमलाई भेटेको ओली पक्षधर नेता सुवास नेम्वाङले पुष्टि गरे। भेटको कारण र के कुराकानी भयो भन्नेबारेमा भने उनले केही खुलाएनन्।
एमालेको नेपाल पक्षले नयाँ पार्टी खोलेमा आफ्नो साथ रहने वामदेवले यसअघि नै बताइ सकेको छन । नेता नेम्वाङले भने वामदेव आफ्नो पक्षका नेताहरुसँगको सम्पर्कमा रहेको बताएका छन्।
३१ जेठ २०७८, सोमवार ११:२८ बजे प्रकाशित