माधव नेपाललाई पार्टी अध्यक्ष दिने केपी ओलीको प्रस्ताव

३१ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एब प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपाललाई पार्टी अध्यक्ष दिने प्रस्ताव गरेका छन् ।
नेता नेपालले ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिनुपर्ने माग गरिरहेका बेला ओलीले आफै प्रधानमन्त्री भैरहने र नेपाललाई पार्टी अध्यक्ष दिने प्रस्ताव गरेका हुन ।
दुबै पावर सेयरमा रहेको एक नेताले बताए । “यसै गर्ने भन्ने यकिन भएको छैन तर केपी कमरेडले माधव कमरेडलाई अध्यक्ष दिने प्रस्ताव गर्नुभएको छ” एक नेताले भने, ” दुबै प्रस्तावमाथी छलफल चलिरहेको छ ।”
३१ जेठ २०७८, सोमवार ११:१५ बजे प्रकाशित