को हुन् गृहमन्त्री खगराज अधिकारी ?

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि मन्त्रिपरिषद विस्तार गरेका छन्। अघिल्लो साता मन्त्रिपरिषद पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले बिहीबार नेकपा एमालेमा आफ्नो समूहका मानिसहरूलाई मन्त्रिमण्डलमा समावेश गरेका हुन्।

प्रधानमन्त्रीले बिहीबारको  मन्त्रिमण्डल विस्तारमा कास्कीका एमाले नेता खगराज अधिकारी गृहमन्त्री भएका छन्।

सांसद नरहेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल), सर्वोच्चको आदेशपछि पदमुक्त भएकाले जेठ दोस्रो सातादेखि गृह मन्त्रालय प्रधानमन्त्री ओलीले आफू मातहतमा राखेका थिए।

अधिकारी यसअघि सुशील कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए।

२०६४ सालको संविधान सभा चुनावमा पराजित भएका अधिकारीले २०७० मा टिकट नै पाएका थिएनन्। लामो समय आफ्नो समूहमा रहेका अधिकारीलाई ओलीले नै कोइराला मन्त्रिपरिषदमा पठाएका हुन्।

२०७४ मा कास्कीबाट चुनाव जितेलगत्तै उनी एमाले प्रमुख सचेतक बनेका थिए। नेकपा एकता भएपछि उनी हटेर देव गुरूङ प्रमुख सचेतक भएका हुन्।

पूर्वकृषि मन्त्री पद्मा अर्यालका नजरमा खगराज अधिकारी लामो समयदेखि केपी ओलीकै विचारमा आवद्ध भएर सहयोग गर्दै आएका व्यक्ति हुन्र राजनीतिमा निष्ठापुर्वक लागेका व्यक्ति हुन्।

‘उहाँ पार्टीको एकखालको बफादार सिपाही हो,’ उनले भनिन्,’अहिले उहाँले जुन जिम्मेवारी पाउनुभएको छ, त्यो स्वभाविक कुरा हो। उहाँको त्याग, उहाँको क्रियाशिलता र उहाँको क्षमताले उहाँ त्यो ठाउँमा पुग्नुभएको छ। प्रधानमन्त्रीले उपयुक्त विश्लेषणका साथ उपयुक्त व्यक्तिलाई जिम्मेवारी दिनुभएको छ।’

‘गृहमन्त्रीका लागि धेरैको दाबी थियो। आफ्नो मार्केटिङ आफैं गरिरहेका थुप्रै मान्छे थिए। तिनको नाम र फोटो धेरैले छापेका पनि थिए’, प्रधानमन्त्रीनिकट स्रोतले भन्यो । पञ्चायतकालमा प्रधानमन्त्री ओलीसँगै अधिकारी पनि जेल पर्नुभएको थियो। यो तथ्य जनताले थाहा पाउनुपर्छ। अधिकारीलाई पनि निकै ठूलो दर्ज्यानी दिनुभयो। गणेश तिमल्सिनालाई पनि सम्माननीय बनाइदिनुभयो।

२७ जेठ २०७८, बिहीवार १६:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु