प्रचण्डले प्रदेश सभाबाट हटाएकी ज्वालाकुमारीलाई ओलीले बनाए केन्द्रमा मन्त्री
२७ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि मन्त्रिपरिषद विस्तार गरेका छन्।
अघिल्लो साता मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले बिहीबार नेकपा एमालेमा आफ्नो समूहका मानिसहरूलाई मन्त्रिमण्डलमा समावेश गरेका हुन् ।
प्रधानमन्त्री ओलीले मन्त्रिमण्डलमा ज्वालाकुमारी साह कृषि मन्त्री बनाएका छन् ।
साह तत्कालीन माओवादीबाट प्रदेश सभा-२ मा सांसद निर्वाचित भएकी थिइन्। बाराबाट सांसद निर्वाचित साह नेकपा हुँदा बाराकी सह-इन्चार्ज थिइन्।
नेकपाको एकता खारेज भएपछि ओलीतिर लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल – प्रचण्डले उनीसहित चार जनालाई सांसद पदबाट हटाइदिएका थिए।
अहिले ओलीले उनलाई प्रदेश २ को एमाले अध्यक्ष बनाएका छन्।
२७ जेठ २०७८, बिहीवार १७:०१ बजे प्रकाशित





