सर्वोच्चको आदेशपछि राष्ट्रपति निवास पुगे प्रधानमन्त्री ओली

२६ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न बुधबार साँझ शीतलनिवास पुगेका छन् ।

प्रधानमन्त्री र राष्ट्रपतिको नियमितजसो भेट हुने गरेको स्रोतले बताएको छ । सो भेटबारे नागरिकहरुलाई जानकारी दिनु प्रधानमन्त्री वा राष्ट्रपति दुवैको कर्तब्य हुन आउँछ तर दुवै कार्यालयले यो कुरा आवश्यक नठानेको जानकारहरु बताउँछन् ।

राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार बुधबार बेलुका ७ बजेर ३० मिनेटमा प्रधानमन्त्री ओली शीतलनिवास पुगेका बताइएको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीच के विषयमा छलफल हुँदैछ भन्नेबारे खुलेको छैन ।

२६ जेठ २०७८, बुधवार २०:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु