संसद विघटन मुद्धा : संवैधानिक इजलास आज पनि नबस्ने

आज पनि संवैधानिक इजलास नबस्ने भएको छ ।

प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको माग गर्दै परेका रिटमाथि सुनुवाइ गर्न गठित संवैधानिक इजलासको विवाद चलिरहेका बेला शेरवहादुर देउवासहितका रिट निवेदकको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा विरामी परेका कारण  संवैधानिक इजलास बस्न नसकेको सर्वोच्च स्रोतले जनाएको छ ।

अब बुधवारमात्र संवैधानिक इजलास बस्ने भएको छ ।

२५ जेठ २०७८, मंगलवार ०८:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु