पुर्वमहान्यायाधिवक्ता खरेलले खोजे संबैधानिक इजलास गठनको आधार

महान्यायाधिवक्ताबाट राजीनामा दिएपछि संवैधानिक इजलासमा सरकार पक्षको वकिलका रूपमा उभिएका वरिष्ठ अधिवक्ता अग्नि खरेलले न्यायाधीशहरू दीपक कार्की र आनन्दमोहन भट्टराईमाथि नैतिक प्रश्न उठाएका छन् ।
खरेलले यसअघि संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको निष्ठामाथि प्रश्न उठाउनु गलत थियो भन्दै अब इजलासमा बस्न तयार छौं भनेका न्यायाधीश नपर्नुको कारण माग गरे ।
खरेलले भने, मुद्दा ओपन हुनअघि नै यसरी उभिनुपर्छ भन्ने मैले ठानेको थिइँन् । के रेक्युजल न्यायाधीशको व्यक्तिगत विषय होइन् ?
आजका दिनसम्म तपाईहरु आफ्नो ईतिहास बनाएर आउनुभएको छ । आनन्दमोहन र दीपक श्रीमाले १८ गतेको आदेशमा लेखेको कुरा अभिलेख भैसकेको छ । त्यति प्रस्ट लेखेपछि जजको लागी त्यहि आदेश पर्याप्त छैन र ?
नेकपाको विवादको मुद्दा फैसला गर्ने न्यायाधीशले म मुद्दा हेर्न सक्छु भने भनिरहेको बेला अरु दुईजना श्रीमानले उँहाहरु बस्ने भए हामी बस्दैनौं भन्न मिल्थ्यो र ?
तेज बहादुर श्रीमान र बमकुमार श्रीमानले यो इजलासमा बस्छौं भनेर राय दिएपछि अनि उँहाहरुलाई किन इजलासमा राखिएन् । उँहाहरुले त आदेश नै लख्नुभयो नी, लेख्नु हुन्थ्यो हुन्थेन फरक कुरा हो तर लेख्नुभएको छ । के यो संरचनाबाट स्वच्छ र निपक्ष फैसाल हुन्छ भनेर विश्वास गर्न सकिन्छ श्रीमान ?
खरेलले इजालस गठनको आधार पनि खोजेका छन ।
‘इजालस गठन गर्दा प्रधानन्यायाधीशले तोक्ने परम्परा रहेकोमा बरिस्ठताको आधारमा गठन गर्ने भनी नियमावली संसोधनको कुरा फुल कोर्ट बसेर गर्ने कुरा आयो । प्रधानन्यायाधीशले तोक्ने कुरा कहानेर मिलेनर भन्ने पनि त हुन्छ’ उनले भने ।
२३ जेठ २०७८, आइतवार १३:३२ बजे प्रकाशित