संवैधानिक इजलास ‘अवरोध गर्ने’ सरकार पक्षको तयारी

२३ जेठ, काठमाडौं ।  प्रतिनिधि सभा विघटन मुद्दामा सरकारी पक्षले संवैधानिक इजलास अवरोध गर्नेु तयारी गरेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेपछि सरकारी पक्षले इजलास अवरोध गर्ने तयारी गरेको हो।

संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दप्रसाद भट्टराई अटाएका छन्।

न्यायाधीश कार्की र भट्टराईका विषयमा सरकारी पक्षले प्रश्न उठाउने तयारी गरेको हो।

महान्यायाधिवक्ता रमेश बडालले बालुवाटारमा ओली निकट कानुन व्यवसायीसँग यस बारेमा छलफल पनि गरेका छन्।

न्यायाधीश कार्की र भट्टराईको एक प्रकारको राय आइसकेकाले उनीहरू इजलासमा बस्न नमिल्ने तर्क उनीहरूले उठाउने तयारी गरेका हुन्।

२३ जेठ २०७८, आइतवार ११:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु