राजेन्द्र महतोले पाउने भए आपूर्ति मन्त्रालय

२१ जेठ, काठमाडौं । जसपा नेता राजेन्द्र महतोले पाउने भए आपूर्ति मन्त्रालय पाउने भएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर बीच भेटवार्ता हुँदैछ ।

दिउँसो एक बजे पछि भेटवार्ता हुने समय तय भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । जसपा सरकारमा सहभागी हुनेबारे छलफल गर्न भेटवार्ता हुन लागेको स्रोतले जनाएको छ ।

ती स्रोतका अनुसार ओली र ठाकुर बीच सहमति जुटे तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुनेछ । गएको ६ जेठमा सर्वोच्च अदालतले माओवादी पृष्ठभूमिका सात मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज नगर्न आदेश दिएको थियो ।

त्यसपछि ओलीले मन्त्रिपरिषद् पुनर्गठन नगरी ती मन्त्रालयको जिम्मा आफैंले लिँदै आएका छन् । ‘कुरा मिलेमा आजभोलि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी छ ।

आज नभएपनि केही दिनभित्रै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ’, स्रोतले भन्यो । जसपाका ठाकुर पक्षमा सरकारमा सहभागी हुने सैद्धान्तिक सहमति जुटिसकेको छ ।

सरकारमा साझेदारी गर्ने सहमतिअनुसार ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई साथ दिँदै आएका छन् । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षको असहमतिका बीच ठाकुर पक्षले ओलीलाई प्रधानमन्त्रीमा समर्थन रहेको पत्र बुझाएको थियो ।

२१ जेठ २०७८, शुक्रवार १२:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु