सुनको मूल्य तोलामा पन्ध्र सय रूपैयाँले घट्यो

२१ जेठ, काठमाडौं । सुनको मूल्य आज एकैदिन तोलामा पन्ध्र सयले घटेको छ। यस्तै चाँदी तोलामा ३५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुन ९३ हजार चार सय रूपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।
हिजो तोलामा चार सय रुपैयाँ बढेर ९४ हजार नौ सय पुगेको भाउ आज एकैदिन पन्ध्र सय रुपैयाँले घटेको हो।
यस्तै, चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ घटेर तोलामा १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो तोलाको १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
२१ जेठ २०७८, शुक्रवार १२:४९ बजे प्रकाशित