अमेरिकाले विश्वभर ८ करोड डोज कोरोना खोप वितरण गर्ने

अमेरिकाले यसै महिनाको अन्त्यपछि विश्वभर ८ करोड डोज कोरोना खोप वितरण गर्ने जनाएको छ।

ह्वाइट हाउसले वितरण गरिनेमध्ये ७५ प्रतिशत खोप कोभ्याक्स सुविधा अन्तर्गत विभिन्न देशहरुलाई प्रदान गरिने जनाएको छ।

पहिलो चरणमा २ करोड ५० लाख डोज खोप अति आवश्यक परेका नेपाल लगायतका देशलाई उपलब्ध गराइने अमेरिकाले जनाएको छ।

बाँकी २५ प्रतिशत खोप विशेष अनुरोध गरेका राष्ट्रलाई दिइने छ।

२१ जेठ २०७८, शुक्रवार १३:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु