ओलीसंग आत्मसमर्पण गर्दैनौं, सांसद पदबाट सामुहिक राजिनामा दिने तयारीमा छौं : घनश्याम भुषाल

नेकपा कपा एमालेको झलनाथ-माधव समूहका नेता घनश्याम भुषालले सांसद पदबाट सामुहिक राजिनामा दिने तयारीमा रहेको बताएका छन् । तर, यसको प्रयोजक के हो ? भन्नेमा उनले केही खुलाएका छैनन् ।

माधव नेपाल पक्षका १४६ सांसद सहितको हस्ताक्षरमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्द सर्वोच्च अदालतमा रिट परेको छ । उक्त रिटमाथिको सुनुवाई सुरु नै भएको छैन् । यहि बेला नेता भुसालले सांसद पदबाट सामुहिक राजीनामा दिने तयारी रहेको बताएका हुन् ।

एक टेलिभिजनसंग कुरा गर्दै नेता भुषालले भनेका छन्, ‘ओलीसंग आत्मसमर्पण गर्दैनौं, सांसद पदबाट सामुहिक राजिनामा दिने तयारीमा छौं ।’

२१ जेठ २०७८, शुक्रवार ०९:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु