माधव नेपालसित नारायणकाजीको छलफल

२० जेठ, काठमाडौं । नेकपा (एमाले)बाट निष्कासित नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

नेता नेपाललाई भेट्न श्रेष्ठ उनको कोटेश्वरस्थित निवास पुगेका थिए । नेपाल र श्रेष्ठबीच बुधबार राति ९ः२५ देखि १०ः१५ बजेसम्म करिब ५० मिनेट छलफल भएको बताइएको छ ।

उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम, आगामी रणनीति र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।

२० जेठ २०७८, बिहीवार ११:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु