सरकार-थरुहटबीच ६ बुँदे सहमति
रेशम चौधरीलगायतको रिहाइका लागि कानूनसम्मत पहल गर्ने

१८ जेठ, काठमाडौं । नेपाल सरकार र थारुहट/ थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।
सहमति अनुसार टीकापुर घटनाका आरोपि धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानूनसम्मत पहल गर्ने उल्लेख छ ।
सहमति पत्रमा सरकारका तर्फबाट कानून न्याय संसदीय मामिला मन्त्री तथा वार्ता टोली प्रमुख लीलानाथ श्रेष्ठ र थारुहट/थारुवान संयुक्त संघर्ष समितिका तर्फबाट वार्ता टोली प्रमुख रुकमिणी चौधरीको हस्ताक्षर छ ।
१८ जेठ २०७८, मंगलवार १४:२३ बजे प्रकाशित