संसद विघटनको मुद्दा : बहस सुरु नहुदै संबैधानिक इजालस विघटन

संसद विघटनको मुद्दाबारेको रिट सुनुवाइका लागि गठित संबैधानिक इजालस मुद्दा केन्दित बहस सुरु नहुदै विघटन भएको छ ।
न्यायाधीहरु विभाजित भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठताका आधारमा नंया इजलास तोक्ने घोषणा गरेका छन् ।
जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइका लागि जेठ २३ गते वरिष्ठताका आधारमा न्यायाधीश राखेर संवैधानिक इजलास तोक्ने प्रतिवद्धता जनाएका छन् ।
मंगलबार बसेको संवैधानिक इजलासमा उनले अब वरिष्ठताका आधारमा नै इजलास तोक्ने प्रतिवद्धता जनाएका हुन् ।
१८ जेठ २०७८, मंगलवार १३:५९ बजे प्रकाशित