प्रधानन्यायाधीश र सर्वोच्च बारका पदाधिकारीबीच छलफल सुरु

१८ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मंगलबारको सुनुवाइ पूर्व प्रधानन्यायाधीश र सर्वोच्च बारका पदाधिकारीबीच छलफल सुरु भएको छ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीहरु प्रधानन्यायाधीशको कार्यकक्षमा पुगेका छन् ।

आजको सुनुवाइका लागि प्रश्न उठेका न्यायाधीशहरु बाहिरिने वा रहने भन्ने निर्णय भइनसकेको अवस्थामा छलफल भइरहेको हो ।

आजका लागि सुनुवाइ हेर्दाहेर्दैमा राखिएकाले पुर्व गठन गरिएको इजलास नै कायम छ ।

१८ जेठ २०७८, मंगलवार ११:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु