राष्ट्रियसभा उपनिर्वाचन अपडेट : १८४ मत खस्यो

निर्वाचनको नतिजा आज नै घोषणा गरिने

लुम्बिनी प्रदेशको रिक्त एक सिटमा आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान जारी रहेको छ ।

सोमबार साढे १० बजेसम्म प्रदेश र स्थानीय तहतर्फ गरी जम्मा १७४ मत खसेको छ ।

स्थानीय तहतर्फ महिला ५० र पुरुष ६३ जनाले मतदान गरेका छन् भने प्रदेशसभातर्फ मतदान केन्द्रमा महिला २६ र पुरुष ३५ जनाले मतदान गरेका छन् । यस्तै कोभिडतर्फको मतदान केन्द्रमा ७ पुरुष र ३ महिलाले मतदान गरेका छन् ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान जारी रहेको हो । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको र निर्वाचनको नतिजा आज नै घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् ।

प्रदेशसभाका ८३ सदस्य र स्थानीय तहका २१७ जनप्रतिनिधि यो उपनिर्वाचनमा मतदाता छन् ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ छ ।

१७ जेठ २०७८, सोमवार ११:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु