प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा मंगलबार सुनुवाइ हुने

१६ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा मंगलबार सुनुवाइ हुने भएको छ ।

आइतबार संवैधानिक इजलासमा रहेका न्यायाधीशमाथि उठाइएको प्रश्नको निरुपण हुन नसक्दा प्रतिनिधसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुन सकेन ।

शुक्रबार हेर्दाहेर्दैमा रहेको मुद्दाको नियमित सुनुवाइ नभई मंगलबार हुन लागेको हो । यससम्बन्धी सर्वोच्च अदालतमा ३० वटा रिट दायर छन् ।

१६ जेठ २०७८, आइतवार १५:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु