प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार आज अपरान्ह ४ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् । सम्बोधन समसामयिक विषयमा केन्द्रित हुने उनले बताए ।
आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले गर्न लागेको सम्बोधनलाई विशेष चासोका साथ हेरिएको छ । सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ ।
संसदमा सघन छलफल गरी बजेट ल्याउनुपर्ने समयमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा नै विघटन गरेपछि २०७२ मा संविधान जारी भएपछि अध्यादेशबाट बजेट आउन लागेको यो पहिलो पटक हो ।
१४ जेठ २०७८, शुक्रवार १२:३७ बजे प्रकाशित