स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. पौडेल नियुक्त

१४ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. कृष्ण पौडेललाई दिइएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का प्रमुख समेत रहेका डा. पौडेललाई सो जिम्मेवारी दिइएको हो ।
यसअघि प्रवक्तामा प्रा.डा. जागेश्वर गौतम थिए । उनलाई कोभिड–१९ युनिफाइड अस्पताल (वीर) को प्रमुख बनाइएपछि सो पद रिक्त भएको थियो ।
सोही पदको जिम्मेवारी सहप्रवक्ता डा. समिर अधिकारीले सम्हालेका हुन् ।
डा. पौडेल स्वास्थ्य मन्त्रालयका काबिल अफिसर मानिन्छन् ।
उनी यसअघि कान्ति बाल अस्पतालको प्रमुख पनि थिए । बाल स्वास्थ्य समूहका विशेषज्ञ उनले जनस्वास्थ्य विषयमा समेत मास्टर्स गरेका छन् ।
१४ जेठ २०७८, शुक्रवार १३:०७ बजे प्रकाशित