स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न स्वास्थ्य मन्त्रालयको विज्ञप्ति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पतालमा भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भेरी अस्पतालमा चिकित्सक तथा नर्समाथि भएको आक्रमण प्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताएका हुन् ।

स्वास्थ्य मन्त्रालयले कुनै पनि बहानामा स्वास्थ्यकर्मीमाथि हुने गैरकानुनी, अमानवीय गतिविधिहरुमा शून्य सहनशीलता राखि कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फोजदारी कार्यविधि संहिता २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धि ऐन २०६६ अनुसार कडा भन्दा कडा कारबाहीको प्रबन्ध गर्न सम्बन्धित निकायलाई अनुरोधसमेत गरेको छ।

कोरोना महामारीमा आफ्नो पेशागत धर्ममा रहेर काम गरीरहेका स्वास्थ्यकर्मीमाथि सांघातिक हमला हुने खालका क्रियाकलाप हुनुु लज्जास्पद भएको स्वास्थ्य मन्त्रालयको ठहर छ।

मन्त्रालयले स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ आफ्नो पेशागत धर्म निभाउने वातावरण बनाइदिन सबैलाई अपिल समेत गरेको छ।

 

१४ जेठ २०७८, शुक्रवार १४:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु