ओली पछि एमाले नेतृत्वमा नेम्वाङ र पोख्रेलको दाबी
दुई नेताको लडाइले ओली आजित

१४ जेठ, काठमाडौं । गुटविहीन पार्टी बनाउने भनेर आफूभन्दा बरिष्ठ नेतालाई कारबाही गरेका प्रधानमन्त्रि केपी शर्मा ओली आफ्नै समुहका नेताहरु बीचको लडाइले आजित भएका छन् ।
ओली नेतृत्वको नेकपा एमालेका दुई शिर्ष नेताहरु इश्वर पोखरेल र सुवास नेम्वाङ्गको आन्तरिक लडाई उत्कर्षमा पुगेको छ ।
निवर्तमान उपप्रधानमन्त्रि पोखरेलले आफुलाई प्रधानमन्त्री हुनबाट रोकेको भन्दै नेम्वाङ्ग पनि प्रतिवादात्मक कुटनैतिक जवाफ फर्काएका छन् । नेम्वाङ्गले पोखरेललाई गृहमन्त्री हुनबाट मात्रै रोकेनन् उनि नेतृत्वको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर सिसिएमसीको भुमिकाबाटै च्युत गरिदिए ।
गत वर्षको चैत १६ गते बसेको मन्त्रिपरिषद बैठकले उपप्रधानमन्त्री पोखरेलको नेतृत्वमा सिसिएमसी गठन गरेको थियो सिसिएमसीको स्टेरिङ कमिटीमा पोखरेलसहित १० जना मन्त्री छन् ।
रामबहादुर थापा बादललाई गृह मन्त्रीको भुमिकाबाट पाखा लगाएर शक्ति सञ्चय गर्ने दाउ ढुकेका उपप्रधानमन्त्रि पोखरेलको योजना असफल जस्तै भएको छ । प्रधानमन्त्रि ओलीले पुर्व प्रधान सेनापति रुकमांगत कुटवाललाई गृेह मन्त्री बनाउदैछन् भन्ने चर्चा चुलिएपछि पोखरेल सशंकित बनेकाछन् ।
लामो समयदेखि भुमिका विहिन बनेका उपप्रधानमन्त्रि पोखरेलको गृह मन्त्रीको पद हडप्ने योजना सफल नहुनुमा नेम्वाङ्गको भुमिका रहेको विश्लेषककहरु बताउँछन् ।
यसैबीच, सत्तारुढ दल एमाले औपचारिक रुपमै विभाजनतिर उन्मुख भएको छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालसहितका नेताहरु काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्न गएका छन् ।
उता त्यही बेला एमालेको स्थायी समिति बैठकले नेपाल र झलनाथ खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्यो । यी घटनासँगै एमालेमा विभाजनको रेखा कोरिएको हो ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी दलहरूले उनीविरुद्ध आगामी निर्वाचनसम्म कार्यगत एकता गर्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल पक्ष तथा अन्य दलले प्रतिनिधिसभा पुनस्र्थापनाको कानुनी र राजनीतिक लडाइँमा गरेको कार्यगत एकतालाई आगामी निर्वाचनसम्म निरन्तरता दिने भएका हुन् ।
माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्र र स्थानीय तहसम्म नै ओलीविरोधी मोर्चा बनिरहेको र यो पछिसम्म कायम रहने बताए । ‘अहिले हामी माथिदेखि तलसम्म नै कार्यगत एकताका पक्षमा छौं। प्रतिगमनविरुद्ध एकजुट भएका छौं, यसलाई निरन्तरता दिइनेछ’, उनले भने ।
यस्तोमा ओली समूहभित्र पोख्रेल र नेम्वाङबिच टकराव देखा परेको नेताहरू बताउँछन । नेम्वाङ र पोख्रेल दुबै ओली पछि नेतृत्व गर्ने गरि अगाडि बढेका छन् ।
१४ जेठ २०७८, शुक्रवार ०९:०० बजे प्रकाशित