आजदेखि काठमाडौं महानगरले सबै वडामा निःशुल्क कोरोना परीक्षण गर्ने

१४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि पाँच दिनसम्म बृहत् कोरोना परीक्षण गर्ने भएको छ । समुदाय स्तरमा कोरोना संक्रमणको अवस्था बुझ्न एन्टिजेन विधिमार्फत् निःशुल्क परीक्षण गर्न लागिएको महानगरले जनाएको छ ।

महानगरका ३२ वटै वडाका तोकिएका केन्द्रमा हरेक दिन दुई चरणमा मा कोरोना परीक्षण गरिने भएको हो । प्रत्येक केन्द्रमा हरेक दिन बिहान १० देखि दिउँसो १ बजेसम्म पहिलो र दिउँसो २ देखि ५ बजेसम्म दोस्रो चरणमा परीक्षण गरिनेछ ।

कोभिड बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका, अग्रपंक्तिमा काम गर्ने व्यक्ति, कोभिडका लक्षण देखिएका व्यक्ति साथै निषेधाज्ञाका बेला बाहिर काम गर्ने व्यक्तिको परीक्षण गर्न लागिएको काठमाडौं महानगरले जानकारी दिएको हो ।

परीक्षणका लागि महानगरले परीक्षण केन्द्र र समय तालिका प्रकाशित गरेको छ ।

 

१४ जेठ २०७८, शुक्रवार ०८:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु