१४६ सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले रिट पेस गरे

दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। बहुमत सांसदको हस्ताक्षरसहित सोमबार दिउँसो दलहरुले रिट दायर गरेका हुन् ।

विपक्षी गठबन्धनका शीर्ष नेता सर्वोच्च अदालतमा रिट पेस गरेर फर्किएका छन् । दुई दिन लामो तयारीपछि विघटित प्रतिनिधिसभाका १४६ सांसदको हस्ताक्षरसहित रिट पेस गरेर फर्केका हुन् ।

शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । त्यसलाई असंवैधानिक भनेको विपक्षी गठबन्धनले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवाको दावी वैधानिक रहेको भन्दै दाबीमा समर्थन गरेका सांसदको हस्ताक्षरसहित रिट पेस गरेका छन् ।

रिटको मुख्य निवेदकका रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा रहेका छन् । रिटमा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ।

रिटमा तीन माग छन्,

१. संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषको निर्णय खारेज

२. संसद अधिवेशनको मिति तोक्नुपर्ने

३. संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश ।

१० जेठ २०७८, सोमवार १५:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु