प्रदेशसभाको आठौँ अधिवेशन जेठ १६ गतेका लागि आह्वान

बाग्मती प्रदेशका प्रमुख विष्णु प्रसाईंले प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरेका छन् ।
प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार भएको सिफारिसमा अधिवेशन अह्वान गरिएको हो ।
प्रदेश प्रमुख प्रसाईंले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आठौँ अधिवेशन यही जेठ १६ गते आइतबार अपराह्न ३ः०० बजेका लागि आह्वान गरेको उनको सचिवालयले जनाएको छ।
१० जेठ २०७८, सोमवार १४:०१ बजे प्रकाशित