राष्ट्रपति भण्डारीले गरिन् नागरिकता सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् । अध्यादेश जारी भएसँगै जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउनेछन् ।
नागरिकतासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संसदमा विचाराधीन थियो । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने या नदिनेबारे तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपामा विवाद थियो ।
सरकार र जनता समाजवादी पार्टीबीच भएको सहमतिमा अध्यादेशमार्फत नागरिकता सम्बन्धी ऐन संशोधन गर्ने सहमति बनेको थियो ।
त्यसै अनुसार सरकारले नागरिकता सम्बन्धी अध्यादेश ल्याउन सिफारिस गरेको थियो । जसपा र सरकारबीच संविधान संशोधन गर्ने सहमति समेत भएको छ ।
त्यसका लागि पाँच सदस्यीय संविधान संशोधन अध्ययन कार्य बनाइएको छ ।
९ जेठ २०७८, आइतवार १६:४७ बजे प्रकाशित