जुम सामान्य भयो, अब फाइभजी परीक्षण हुन्छ : प्रधानमन्त्री ओली

९ जेठ, काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटलाइजेसनको प्रक्रियालाई सरकारले धेरै अगाडि पुर्याएको बताएका छन । आइतबार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा उनले डिजिटल प्रणालीको प्रयोगलाई यसै सरकारका पालोमा गति दिएको दाबी गरेका हुन ।

कार्यक्रममा उनले ग्रुप भिडियो प्ल्याटफर्म जुमको समेत उल्लेख गरे । ‘सिङ्गापुरमा मेरो उपचार हुदा जुममार्फत मन्त्रीपरिसदको बैठक बस्दा त्यो निकै चर्चा भएको थियो तर अब त्यो सामान्य भयो’ ।

विद्यालयको पठनपाठनसमेत अहिले यस्तै प्ल्याटफर्मले गर्दा सम्भव भएको बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले यसै सरकारको पालामा फोरजी सेवा सार्वजनिक गरिएको समेत जानकारी दिए ।

‘अब फाइभजी पनि परीक्षणको क्रममा छ’ उनले भने । त्यस्तै सरकारी सेवालाई सहजै उपलब्ध गराउन नागरिक एपपनि सन्चालनमा ल्याइसकेको उनले बताए ।

९ जेठ २०७८, आइतवार १७:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु