केपी ओलीद्धारा माधव नेपालसहित २६ जना सांसदलाई साधारण सदस्य पनि नरहने गरी कारबाही
दलीय अनुशासन उल्लंघन गरेको आरोप

७ जेठ, काठमाडौं । नेकपा एमालेका संसदीय नेता एवं प्रधानमन्त्री केपी ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमालेका बरिष्ठ नेता माधव नेपालसहित २६ जना सांसदलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेका छन् ।
उनीहरुले दलीय अनुशासन उल्लंघन गरेकाले कारबाही गरिएको ओली निकट स्रोतले जानकारी दिएको छ ।
संसदीय दलका नेता ओलीले माधव नेपाल सहित २६ जना सांसद कारबाहीमा परेको जानकारी राष्ट्रपति कार्यालय पनि पठाएको छ ।
‘उनीहरुले दलीय अनुशासन उल्लंघन गरेकाले साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएका छौं’ उनले भने ।
शुक्रबार संविधानको धारा ७६ (५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका छन् । जसमा नेकपा एमालेको माधवकुमार नेपाल पक्षका २६ सांसदले पनि हस्ताक्षर गरेका छन् ।
७ जेठ २०७८, शुक्रवार २१:०१ बजे प्रकाशित