एमाले अध्यक्ष र जसपा अध्यक्ष बीच संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति

प्रधानमन्त्री केपी शर्मा ओली संविधान संशोधन गर्न सहमत भएका छन् । प्रधानमन्त्री ओली र जनता समाजवादी पार्टीको ठाकुर–महतो पक्षबीच संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष बिच बसेको बैठकले कार्यदलका सदस्यको टुंगो लगाउने सहमति भएको छ । मधेशवादी दलहरुले लामो समयदेखि संविधान संशोधनको माग उठाउदै आएका छन् ।

ओलीले जनता समाजवादी पार्टीको ठाकुर-महतो पक्षको सबै माग पुरा गर्ने र जनता समाजवादी पार्टीको ठाकुर–महतो पक्षले ओलीलाई साथ दिएर सरकार टिकाई राख्ने सहमति भएको बताईएको छ ।

७ जेठ २०७८, शुक्रवार १०:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु