जसपाले बोलायो संसदीय दलको बैठक

वैकल्पिक सरकारका लागि निर्णायक रहेको जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको बैठक डाकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेसँगै जसपाको संसदीय दलको बैठक बस्न लागेको हो ।

अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो पक्षले बैठक डाके पनि संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष बैठकमा जाने सम्भावना न्यून छ। उक्त समूहका नेताहरुले बैठकका लागि जानकारी नआएको दाबी गरेका छन् ।

तर नेता लक्ष्मणलाल कर्णले वर्तमान परिस्थितिबारे निर्णय लिन बैठक बोलाइएको बताएका छन् ।

७ जेठ २०७८, शुक्रवार १०:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु