माधव नेपाललाई बादलको चेतावनी– आफुलाई भोट नदिए पार्टीभित्र असहयोग गर्ने

४ जेठ, काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’ले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई आफुलाई मत दिन आग्रह गरेका छन् ।

नेपाल निवास कोटेश्वर पुगेर बादलले माधव नेपाल पक्षीय जनप्रतिनिधिहरुलाई आफुलाई मत दिने गरी निर्देश गर्न आग्रह गरेका हुन् । अन्यथा आफुलाई भोट नदिए पार्टीभित्र असहयोग गर्ने चेतावनी बादलले माधव नेपाललाई दिएको स्रोतको दाबी छ ।

जेठ ६ गते उपनिर्वाचनको मिति नजिकिएका बेला बादलले नेता नेपाललाई यस्तो चेतावनी दिएका हुन् । राष्ट्रियसभा उपनिर्वाचनमा थापाको प्रतिस्पर्धीमा माधव नेपाल समूहका डा.  खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ रहेका छन् ।

देवकोटालाई माधव नेपाल पक्ष, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन गरेका छन् ।

४ जेठ २०७८, मंगलवार १५:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु