नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका निवर्तमान अध्यक्ष अर्यालको असामहिक निधन

धादिङको शैक्षिक आन्दोलनका नेता साथै नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका निवर्तमान अध्यक्ष एवम् सिद्धेश्वर माविका शिक्षक बैकुण्ठ अर्यालको असामहिक निधन भएको छ ।

कोभिड पोजेटिभ पुष्टि भए सँगै मनमोहन हस्पिटलमा उपचारत सिद्धलेक गाउँपालिका १ सुन्दरपानी निवासी ५३ वर्षिय वैकुण्ठ अर्यालको उपचारकै क्रममा मंगलबार निधन भएको रामकृष्ण सिलवालले बताउनु भयो ।

पारिवारिक स्रोतका अनुसार उहाँ प्रेसरको रोगी समेत हुनुहुन्थ्यो केही दिन अधि देखि उक्त हस्पिटल मा भर्ना हुनु भएको थियो ।

४ जेठ २०७८, मंगलवार १५:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु